स्व जिसीको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम

स्व जिसीको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम

 

बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्लाका सचिव निर्मल जिसिको ममतामयी माता स्व. गंगादेवी जिसिको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटिले आयोजन गरेको कार्यक्रममा वसहभागी वक्ताहरुले स्व जिसी क्रान्तिकारी सबैको आमा भएको बताए । समाज रुपान्तरणको राजनितिक आन्दोलनमा स्व जिसीको पनि योगदान रहेको बताउदै उहांको सपना पुरा गर्ने जिम्मेवारी र दायित्व सबैको हुनु पर्ने बताए । कार्यक्रममा सामाजिक संस्कारहरुलाई समयानुकल परिवर्तन गरि व्यवहारीक र वैज्ञानिक बनाउनु पर्ने जोठ दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले स्व. जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै अग्रगामी पक्षधर, क्रान्तिकारीहरुको आमा भएको बताए ।

अर्का केन्द्रिय सदस्य हकि कुल्लाह खांले जातजाति भाषाभाषि विविध धर्म मान्नेहरुको आ आफ्नो सामाजिक संस्कार रहेको बताउदै त्यसलाई परिवर्तन र वैज्ञानिक आधारमा अवलम्वन गर्नु पर्ने बताए । त्यसैगरी पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश सभा संसदीय दलका सचेतक तुलाराम घर्ति मगरले जिउदो हुदां सम्म आमा वुवाको आवश्यकता वोध नगर्ने मृत्यु पछि लामो क्रिया गर्देमा उनीहरुप्रति सम्मान नठहरिने उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश कमिटी सचिवलाय सदस्य एवं प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री सुदर्शन बरालले अग्रजहरुले देखाएको वाटोमा हिड्ने दायित्व रहेको बताउदै उहाहरुको सपना पुरा गर्नु पर्ने बताए । जन्मपछि मृत्यु स्वभाविक र प्राकृतीक नियम भएपनि समाजलाई योगदान दिएकाहरुको योगदान अमर रहने बताउदै उनले क्रान्तिकारी योद्धाहरु जम्माउने स्व आमा गंगादेवी सबैको आमा भएको बताए । कार्यक्रममा स्व. जिसीको कनिष्ट सुपुत्र एवं पार्टीका जिल्ला कमिटि सचिव नारायण जिसी निर्मलले आमाको हौषला र साथले कम्युनिष्ट आन्दोलनमा लागेको बताउदै मृत्यु संस्कारलाई परिमार्जन गरिएको बताए । उनि आमाको काजक्रिया बसेनन् । उनका दाजु मानवहादुर जिसी ७ दिन सम्म किरियामा वसेका थिए । कार्यक्रममा शहिद स्मृती प्रतिष्ठान रुपन्देहीका अध्यक्ष टंकमणि वन्जाडे, प्रदेश कमिटि सदस्य सन्तोष रसाईली लगायतले स्व गंगादेवी प्रति श्रद्धासुमन व्यक्त गर्दे समाज रुपान्तरणमा जिसीको योगदान रहेको बताए । प्युठान दम्तीमा जन्म भई कपिलवस्तु शिवराज नगरपालिका ९ शिवगढी स्थायी निवासी जिसीको ८२ वर्षको उमेरमा बैशाख २२ गते निधन भएको थियो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij