काठमाडौं। पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको निधन भएको छ । कलेजो रोगबाट थलिएका गिरीको काठमाडौको बूढानीलकण्ठमा रहेको निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कलेजो रोगबाट थला परेका गिरीलाई हिजोमात्र अस्पतालबाट निजी निवास लगिएको थियो । गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राख्ने तयारी छ ।
२०३६ सालमा जनमत संग्रह गर्ने तत्कालीन राजा विरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंकामा बस्दै आएका गिरी ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदको उपाध्यक्षका रुपमा नेपाल फर्किएका थिए । उजका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्