नवलपरासीमा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

नवलपरासीमा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

बुटवल पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । नवलपरासी पश्चिममा भएको तनावमा प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्‍ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले पुष्‍टि गरे । उनकाअनुसार जिल्‍लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्‍याइएको थियो । अस्‍पताल पुर्‍याएलगत्‍तै उनलाई मृत घोषणा गरिएको हो।

 

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको थियो ।  झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij