बुटवल
बुटवलका १०६संक्रमण पुष्टि जना सहित बुधबार रुपन्देहीमा थप ३०९ जनामा कोरोना भएकाे छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका बिभिन्न पीसीआर प्रयोगशालाहरुमा १००९ नमुना परीक्षण गर्दा ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २४ हजार १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा ८३ जना, सिद्धार्थनगरमा २७ जना, सैनामैनामा २५ जना,
देवदहमा २२ जना,ओमसतिया गाउपालिकामा १४ जना,
सुद्वाेधन गाउपालिकामा ९ जना,सियारी गाउपालिका र राहिणी गाउपालिकामा ५/५ जना,कञ्चन गाउपालिकामा ४ जना,गैडहवा गाउपालिका र मायादेवी गाउपालिकामा ३/३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र काेटहिमाई गाउपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ७ सय जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म १७ हजार ७५२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा यसअघि छुटेको एक सहित थप १० जना काेराेना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३७७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्