माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार

माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार

कपिलबस्तु
नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।

तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको अखिल क्रान्तिकारीका जिल्ला संयोजक हरिशचन्द्र खनालले बताए ।

पाण्डे तौलिहवामा बासिन्दा हुनु । उनको शरीरका दुई स्थानमा गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै उनलाई कपिलवस्तुमा उपचार हुन नसके पछि बुटवल लगिएको स्रोतले बताएको छ ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् । यस बारेमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

यता माओबादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटना आफुहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताए। पाण्डेको पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij