कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन

कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन

काठमाडौं : सरकारले कोभिड-१९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ।  सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निशुल्क खोप उपलब्ध गराइने। सम्पूर्ण सामार्थ्य लगाइनेअर्थमन्त्री पौडेलले जानकारी दिए।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij