काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याएको आरोप लगाएका छन् । वैधानिकता गुमाएको सरकारले जनता झुक्याउन नयाँनयाँ नारा ल्याएको उनले बताए ।
कुनैपनि आँकडा हेर्दा पार लाग्ने देखिदैन । यसैलाई देखाएर ठगेर चुनाव जित्न पाइन्छ कि भने नयाँनयाँ नारा ल्याइएको छ’, उनले भने । कांग्रेसले बनाएको छायाँ सरकारका अर्थमन्त्री समेत रहेका रिजालले वैधानिकता गुमाएको सरकारले बजेट ल्याउने कुरा नै अनुचित भएको बताए ।
‘बजेटको आकार ठूलो छ । सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिने बाहेक अरू सबै खर्च दुई देखि तीन प्रतिशत बढाएको छ । बजेटको टेस्ट अरु बेला भन्दा डेढ गुणा लामो छ’, नेता रिजालले भने ।
अनुमानित खर्च र राजश्व संकलन पनि सम्भव नरहेको उनले बताए । ‘यो वर्षको संशोधित खर्च भन्दा झण्डै तीस प्रतिशतले बढी खर्च गर्छु भनेको छ, त्यो सम्भव छैन’ नेता रिजालले भने, ‘राजश्वको अनुमान २५ प्रतिशतले थपिन्छ भनेको छ, त्यो सम्भव छैन ।’
चालु आवमा आर्थिक वृद्धिदर दुई प्रतिशतले घट्ने सम्झाएको पनि उनले बताए । ‘अहिलेको वर्ष दुई प्रतिशत अर्थतन्त्र घट्छ भनेको थिएँ । दुई प्रतिशतले नै घट्यो । युवराज खतिवडाले मानेका थिएनन्, हामीले जे भनेको थियौं, त्यही भयो’, रिजालले भने ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्