बजेट अधिवेशन :विपक्षी सांसदल मागे मुख्यमन्त्री पोखरेलको राजीनामा माग

बजेट अधिवेशन :विपक्षी सांसदल मागे मुख्यमन्त्री पोखरेलको राजीनामा माग

बुटवल-लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । संसदमा विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन । नेपाली काँग्रेस,माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका हुन ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले पोखरेल नेतृत्वको सरकार अवैधानिक भएकाले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे । अल्पमतमै रहेका बेला पोखलेरले किर्ते हस्ताक्षर बुझाएर संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्ती लिएको बताए । ‘छलकपट गरेर मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्यो । तपाइसंग अलिकती नैतिकता बचेको छ की छैन ? सक्नुहुन्छ भने बुहमत पुष्टि गर्नुस हैन भने तत्काल राजीनामा दिनुस’ खानले भने ।
काँग्रेस सांसद शंकर गिरीले लोकतान्त्रीक मुल्य मान्यता र संवैधानिक ढाँचाहरुलाइ एक पछि अर्को गर्दै भत्काइएको बताए । निर्वाचन आयोग सहितका संवैधानकि निकायहरु एमालेको खल्तीमा पुगेको टिप्पणी गरे । ओलीको प्रवक्ता र दास भएका मुख्यमन्त्री पोखरेलमा असल नेतामा हुनुपर्ने निष्ठा,त्याग र सर्मपण अलिकती पनि नदेखिएको बताए । ‘मुख्यमन्त्रीजी तपाइ सदन,जनता,संविधान र लोकतन्त्र माथि नै छलछाम गर्दैहुनुन्छ । सत्ता सदै रहीरहदैन,सत्ता भन्दा माथि जनता छन, तीनको अलिकति त मर्यादा राख्नुस’ गिरीले भने ।
काँग्रेस सांसद बिरबहादुर रानाले मुख्यमन्त्री पोखरेल प्रम ओलीको मतीयार भएको टिप्पणी गरे । केन्द्रमा ओलीले र प्रदेशमा पोखरेलले सत्ता र शक्ति जोगाउन संविधान, नियमकानुन,विधि,पद्यती मिचेर लोकतान्त्रिक व्यवस्थालाइ नै धरापमा पारेको बताए ।
माओवादी सांसद सुदर्शन बरालले संवैधानिक र लोकतान्त्रिक मुल्यमान्यतालाइ बिर्सेर मुख्यमन्त्री सत्ता र सक्तिको रसातलमा डुवेको आरोप लगााउँदै प्रदेश प्रमुखलाइ बोराभित्र हालेजसरी मुख्यमन्त्रीको मै लगेर रातविरात सपथ खाएको बताए । ‘नैतिकताको आधारमा राजीनामा दिएर प्रदेशलाइ अनिश्चय, द्धन्द र मुटभेटबाट अलग राख्न अनुरोध गर्दछु । यदि त्यस्तो नगरीए राजनीतिक र कानुनी प्रतिवाद गर्ने जानकारी गराउँछु’ पुर्वमन्त्री समेत रहेका बरालले भने ।
जनता समाजवादी पार्टीका सांसद सहसराम यादवले एमालेले सत्ता जोगाउन अर्काको पार्टी फुटाउँदै हिँडेको बताए । एमालेले केन्द्र र प्रदेश दुवै सरकारमा बस्ने नैतिकता गुमाएको बताए । राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले जनता एक मुठ्ठी स्वासकालागि छटपटाइ रहेका बेला केन्द्रमा ओली र प्रदेशमा पोखरेल सरकारी श्रोत साधनको दुरुपयोग गरी आफनो सत्ता र शक्ति जोगाउने खेलमा लागेको बताइन ।
जनताको संघर्षको उपलब्धीहरुको रक्षा गर्न ओली सरकार र तीनका अन्धभक्त प्रदेश सरकारको बर्हिगमन राष्ट्रिय जनमोर्चाको अहिलेको प्राथमिकता भएको बताइन । चुनावी सरकारले संविधान विपरित पुर्ण बजेट ल्याएर मतदातालाइ प्रभावित पार्न खोजेकको बताइन । मओवादी केन्द्रका सांसद इन्द्रजित थारुले संविधान मिच्ने अधिकार कसैलाइ नभएको बताए । संविधान र विधि प्रक्रिया विपरित गठन भएको सरकारबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्नेमा उनले जोड दिए ।
सत्तारुढ एमाले सांसद लिला गिरीले भने सरकार बैधानिक रहेको दावी दोहोरयाए । सरकारका मन्त्री बनाइएका जसपाका ४ जनाको बिषय छिट्टै एडजस्ट हुने बताए । उनले कोभिड नियन्त्रणमा सरकारले थुप्रै राम्रा काम गरेको दावी पनि गरे । बिहान एमाले संसदिय दलको बैठक राखेर सबै सांसदहरुलाइ बैठकमा अनिबार्य उपस्थित भइ बजेट अधिवेशन सफल पार्न कडा निर्देशन दिएका मुख्यमन्त्री पोखरेल भने बैठकमा उपस्थित भएनन ।
बैठकको सुरुमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट प्राप्त भएको मन्त्री हेरफेर र दुइ प्रदेश सभासदस्यले पदबाट राजीनामा दिएको पत्र पढेर सभालाइ सुनाएका थिए । संसदको अर्को बैठक बिहिबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij