आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन, यस्तो छ उडान तालिका

आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन, यस्तो छ उडान तालिका

काठमाडौं -सरकारले आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि बन्दकैबीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेको हो ।

मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीमा विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी विशेष उडान तालिका बनाएको छ ।

अब तीन देशमा सातामा पाँच उडान हुनेछन्। नेपाल-टर्की उडान आजदेखि सञ्चालन भएको छ । आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउनेछ। त्यस्तै, आजै राति ११ :०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल-कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।

यस्तो छ उडान तालिका

प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij