१८ स्थायी समिति सदस्यमध्ये १६ वामदेवको पक्षमा, ओलीलाई संकट

१८ स्थायी समिति सदस्यमध्ये १६ वामदेवको पक्षमा, ओलीलाई संकट

g]skf :yfoL sld6L a}7s g]kfn sDo'lgi6 kf6L{ s]Gb|Lo sfof{no w"djf/fxLdf zlgaf/ k|wfgdGqL tyf kf6L{sf cWoIf s]kL zdf{ cf]nLsf] cWoIftfdf a;]sf] :yfoL sld6Lsf] a}7s . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजधानीमा जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली संकटमा परेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारमा भूमिका खेल्न नसकेपछि स्थायी समिति सदस्यहरुले चर्को आलोचना गरेका छन् ।

गुटबन्दी गर्न खप्पिस हुने तर काम भने पटक्कै केही नगरेको भन्दै ओलीप्रति सबैजसो सदस्यहरु रुष्ट भएका हुन् ।

सदस्य योगेश भट्टराईका अनुसार अहिलेसम्म बोल्ने १८ मध्ये १६ जनाले ओलीको आलोचना गर्दै वामदेव गौतमले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको समर्थन गरेका छन् ।

ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेश गरेकामा गौतमले त्यसलाई काउन्टर दिँदै छुट्टै प्रतिवेदन ल्याएका थिए ।

सोमबारदेखि उक्त प्रतिवेदनमाथि छलफल भइरहेकामा दुई मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङले मात्र ओलीको कामको समर्थन गरेका थिए ।
तर भट्टराई भन्छन्, ‘१८ मध्ये प्रायः सबैले वामदेव कमरेडका प्रस्ताव राम्रा भएकाले समर्थन गरेका छन् ।’

बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोगका अध्यक्षहरू अमृत बोहोरा र अमिक शेरचन, थप ४ जना आमन्त्रित गरी ५१ जना नेता सहभागी छन्।

बैठकमा आरोप प्रत्यारोप नै
बैठकमा बोल्ने नेताहरु आरोप प्रत्यारोपमै उत्रिएका छन् । उनीहरुले गुटबन्दी बढेको दावीसमेत गरेका छन् ।

यो आरोपले तत्कालीन एमाले र माओवादी नै फुट्ने सम्भावनासमेत देखिएको छ ।

आरोप लगाउने क्रममा नेताहरुले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका थिए ।

उनले अध्यक्षको प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij