श्रीलङ्कामा अलपत्र २५ नेपाली महिलाको माइती नेपालद्वारा उद्धार

श्रीलङ्कामा अलपत्र २५ नेपाली महिलाको माइती नेपालद्वारा उद्धार

काठमाडौं । गैरकानुनी रुपमा श्रीलङ्का पुर्याएर अलपत्र पारिएका २५ जना नेपाली महिलाको उद्धार गरी माइती नेपालले स्वदेश फर्काएको छ ।

दलालहरुले वैदेशिक रोजगारीका लागि भन्दै भारत हुँदै श्रीलङ्का पुर्याएका र त्यहाँ अध्यागमन उल्लङ्घनको मुद्दा खेपिरहेका २५ जना नेपाली महिलालाई बिहीबार स्वदेश फर्काइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

लामो समय हिरासतमा बसी मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धी समस्या झेलेका उनीहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी एकलवास (क्वारेन्टिन) मा राखी परिवारसँग पुनःमिलन गराइने उनले बताए ।

नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले घटनाबारे शुक्ष्म अध्ययन गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रकाशित मिति : शनिबार, असार १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij