नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर–१३ बडेरामा र सुनवल ५ बनकट्टीमा रहेका डाइभर्सन मंगलबार राति आएको पानीले बगाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख बासुदेव नेपालले जानकारी दिए ।डाइभर्सन बगाएपछि बुधबार बिहानै देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने नारायणगाढ –बुटवल सडकखण्ड अवरूद्ध भएको ट्राफिक प्रमुख नेपालले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, असार १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्