विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न मन्त्री पौडेलको निर्देशन

विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न मन्त्री पौडेलको निर्देशन

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।

साथै उद्धार, राहत र पुर्नस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन्। उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामूखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए।

राहत र उद्धारका लागि स्रोतको अभाव नहुने भन्दै पौडेलले विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रीत हुन निर्देशन दिए।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण बनाउन पनि आग्रह गरे।

पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न पनि निर्देशन दिए।

उनले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिए। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने जानकारी दिए।

उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढीपहिरो लगायतले पुर्‍याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी थिए।

प्रकाशित मिति : बिहिबार, असार १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij