बुटवल ।
रुपन्देहीमा साउन १५ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको छ ।साथै सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आजको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले ठूलाठूला मेला, मेला तथा भिडभाड हुनेखालका कार्यक्रमहरुमा भने अझै पनि रोक लगाइएको छ । व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ ।
बैठकले विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्