एमाले स्थायी कमिटी बैठक भोलि र केन्द्रीय कमिटी पर्सि बस्ने

एमाले स्थायी कमिटी बैठक भोलि र केन्द्रीय कमिटी पर्सि बस्ने

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

ललितपुरको च्यासलमा रहको तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै भोलिको बैठकमा नेता माधवकुमार नेपाल समूहलाई समेत बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक डाकिएको हो । १४ औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा पर्सि बिहान ११ बजे बोलाइएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

हिजो पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । हिजोको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएन । बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । साथै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij