विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई मोदीको ट्विटबाट बधाई

विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई मोदीको ट्विटबाट बधाई

काठमाण्डौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना
मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ुप्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।

मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।प्रधानमन्त्री देउवाले पनि मोदीको त्यही ट्वीट कोट गर्दै त्यसमाथि आफ्नो धन्यवाद सन्देश लेखेका छन्। देउवाले आफ्नो सन्देशमा भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीजी, तपाईंको शुभकामना नोटको निम्ति धेरै धन्यवाद। दुई देश र जनताबीचको सम्बन्ध सुदृढ तुल्याउन म तपाईंसँग निकट सहकार्यको अपेक्षा राख्छु।

सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते नै देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। तर एक साता बित्न आँट्दा पनि भारतीय समकक्षीका तर्फबाट बधाई आएको थिएन। जबकि, २०७१ मा मोदी पहिलोचोटि प्रधानमन्त्री भएयता उनले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै बधाई दिँदै आएका थिए।

उनले पछिल्लो सात वर्षमा नेपालमा नियुक्त भएका चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन टेलिफोनमा कुरा गरेर बधाई दिने र भारत भ्रमणको निम्तो दिने गरेका थिए भने सामाजिक सञ्जालमार्फत् पनि बधाई दिने गरेका थिए।

नेपाल भारत सम्बन्ध चिसिएका बेला र व्यक्तिगत रूपमा नेपालका प्रधानमन्त्रीसँग भारतको सम्बन्ध बिग्रिएका बेला पनि नवनियुक्त नेपाली प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्रीले तत्कालै बधाई दिने चलन थियो। यसपालि भने देउवा प्रधामन्त्री भएको छ दिनसम्म बधाई नदिई बसेका मोदीले आइतबार देउवाले संसदमा विश्वासको मत प्राप्त गरेको केही बेरमै सामाजिक सञ्जालमार्फत् बधाई र शुभकामना दिएका हुन्।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij