देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो २४ घन्टे स्पष्टीकरण

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको बताएका छन् । उनले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मंगलबार ३ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको बताएका हुन् ।

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गरेका आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ ।

केन्द्रिय कमिटीको १०औं बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकशित भएको घटनाक्रमले नेपालले हाँसिल गरेका अग्रगतिका प्रयासहरु, माथिको एक खालको धक्काको रुपमा पार्टिले लिएको बताए ।

त्यस्तै केन्द्रिय कमिटी बैठकले फ्लोर क्रस गरेर देउवालाई मत दिने २२ जनालाई २४ घण्टामा स्पष्टीकरण दिन भनेको छ । फ्लाेर क्रस गर्ने सांसदले २४ घण्टामा स्पष्टिकरण दिनुपर्छ, अहिले स्पष्टिकरण मागिएको हो, यदि आएन भनेँ र उहाँहरुले दिएको स्पष्टिकरणको आधारमा पार्टीले कारबाही गर्छ, प्रवक्ता ज्ञवालीले भने, १० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देउ, पार्टीको अवक्षा उल्लंघन गर, भन्दैन, पार्टीलाई एकत्रित बनाउँछ ।

प्रवक्ता ज्ञवालीले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिन आवश्यक नरहेको बताउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले १० बुँदे प्रस्ताव नमान्ने र ठाडो कुरा गरेकोले यो अवस्था आएको बताए ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij