काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। आज दिउसो ३ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवन बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।आजको स्थायी कमिटी बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ। उनका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ।यअसघि पनि तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बसेको थियो।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्