काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत नेता चयन गरेको सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए।यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए।
यादव एक्लैको उम्मेदवारी परेपछि उनी सर्वसम्मत दलको नेता चयन भएका हुन्। निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्