काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा तोकिएकै मितिमा हुने जनाएका छन् ।
साउन ३१ देखि जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा हुने भएकाले बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न उनले सबै विद्यार्थीलाई आग्रहसमेत गरे ।
परीक्षाको तयारी भइरहेको र कुनै कारण देखाएर नरोकिने उनको भनाइ छ । गत जेठमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणका कारण हुन सकेको थिएन ।
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्