बुटवल
लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत् दाेषिलाइ कानुनको दायरामा ल्याएर कारबाही गरी पीडितलाई न्यायको अनुभुती प्रत्याभुति गराउनका लागि सरकारसंग जोडदार माग गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ -‘मुख्यमन्त्री स्वयंम सांसद अपहरण,धम्की र किनवेचको अपराधिक तरिका अपनाउदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न भैरहेको त होईन भनी गम्भिर आशंका जन्माएको छ ।’
यसअघि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको भर्त्सना गरिसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्