पत्रकार महासंघद्धारा पत्रकारिताबारे छलफल

पत्रकार महासंघद्धारा पत्रकारिताबारे छलफल

 

बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारको सुरक्षा र समाचारका बिषयमा छलफल गर्ने गरि फ्रि मिडिया नेटवर्कलाई पुन सक्रिय बनाएको छ । इन्टरनेश्नल अलर्टसँगको सहकार्यमा महासंघले पत्रकारहरुको भौतिक सुरक्षा तथा मिडियामा आएका समाचारहरुका बिषयमा छलफल गर्ने गरि नेटवर्कलाई सक्रिय बनाएको हो ।

महासंघ हलमा सोमबार भएको छलफलमा पत्रकारिता पेशा समाजको मार्गदर्शन गर्ने पेशा भएकाले जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुइँटेलले सुचनाको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्दा त्यो विश्वसनिय हुने बताए । उनले हरेक क्षेत्रमा शुद्धीकरणको आवश्यकता रहेको बताए ।

यसैगरि छलफलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका उपसचिव सन्तोष भट्टराईले राजनीति भन्दा माथि उठेर नागरिकका सवाल ल्याउन पत्रकारहरुलाई सुझाव दिए । इलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख राजकुमारी गौतमले पत्रकारिताका सवालमा छलफल हुने कुरा सकरात्मक भएको भन्दै पत्रकार सुरक्षामा प्रशासन संवेदनशिल भएको बताइन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले समाचार लेखेकै कारण पत्रकार असुरक्षित हुने अवस्था आउन नदिने बताए । बुटवल उपमहानगर वडा न. ४ का वडाअध्यक्ष टंक पराजुलीले पत्रकारिताले समाजलाई नै डो¥याउने भएकाले जिम्मेवार हुनुपर्ने बताए । उक्त छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसिले विगतदेखि नै फ्रि मिडिया नेटवर्क मार्फत छलफल हुने गरेको बताउँदै यूटुबर सामाजिक सञ्जाललाई हेरेर पत्रकारिताका बारेमा आलोचन नगर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा नेटवर्ककका संयोजक रामराज पोख्रेलले पत्रकारको सुरक्षा, समाचारका बिषयमा सरोकारवालाहरुसँग छलफल गरेर पत्रकारितालाई समेत सुधार गर्ने उदेश्यले नेटवर्कको गठन गरिएको बताए । उक्त अवसरमा उच्च अदालत तुल्सिपुर बुटवल बार एसोसिएशनका सचिव गोविन्द प्रसाद मरासीनी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराई, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसिले बोल्दै कोरोना महामारीले पत्रकारिता पेशामा नयाँ चुनौती देखा परेको बताए ।

महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij