काठमाडौं ।
मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मनसुनको सक्रियता बढेकाले केही दिन पानी पर्ने बताइन्। ‘अघिल्लो साताभन्दा मनसुन केही सक्रिय भएको छ। अब तीन दिन पानी पर्ने देखिन्छ। लगातार झरी पर्ने नहुन सक्छ तर पानी पर्ने, रोकिने हुन्छ,’ नगरकोटीले भनिन्। आगामी २४ घन्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ साउन ३१ गते (आइतबार)
दिउँसोः देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। रातीस् देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
२०७८ साउन ३२ गते (सोमबार)
दिउँसोः देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
रातीः देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानमा मेघ गर्जन,चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ १ गते (मंगलबार)
दिउँसोः देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। रातीःदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्