अपाङ तथा दृष्टिबिहिनहरुलाई खाद्यान्य तथा नगद सहयोग

अपाङ तथा दृष्टिबिहिनहरुलाई खाद्यान्य तथा नगद सहयोग

 

बुटवल

पश्चिम नेपाल विकास ट्रष्ट र नया जीवनको आधार देवदह शाखाले अपाङ तथा दृष्टिबिहिनहरुलाई खाद्यान्य तथा नगद सहयोग गरेका छन ।

लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम र अपाङ्ग आश्रम देविनगरलाई यी सस्थाले सहयोग गरेका छन । त्यस्तै अर्घाखाची घरभई हाल बुटवलमा बसी किड्नीको डालसिस गराई रहेका दिपक बेल्वासेलाई पनि सहयोग गरिएको छ ।

ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार दाल, चामल, तेल, चिउरा, भुजा, आलू, सोयाबिन, नुन, जिरा, धनिया, चीनी, साबुन (सरफ), र नगद सहित अन्य खाद्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । देवदह १ की लालमाया गुरुङको ४२ हजार नगदसहित ६५ हजार बराबरको खाद्यान्य तथा नगद सहयोग गरिएको घिमिरेले बताए ।

उक्त कार्यक्रममा पश्चिम नेपाल विकास ट्रष्टकी अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोम प्रसाद गुरुङ, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी र नया जीवनको आधार देवदह शाखा अध्यक्ष रेखा निरौलालगायतको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij