काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र उनीहरुकोबारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिएका छन् ।
उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।’
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्