काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गर्ने तयारी तीव्र पारेको छ ।
सरकारले दल विभाजनका लागि सजिलो बनाउने गरी नयाँ अध्यादेश ल्याएपछि नेपाल पक्ष नयाँ दलकाे नाम र चुनाव चिह्नसमेत तय गरेर नयाँ दल दर्ता गर्न तयारी अवस्थामा रहेकाे नेपाल पक्षका नेताहरूले दाबी गरेका छन् ।
नेता विरोध खतिवडाले आजै नयाँ दल दर्ता गर्ने बताए । मकालुखबरसँग नेता खतिवडाले भने‚ ‘ओली सबै हिसाबले अवैधानिक भए, नयाँ दल दर्ता गर्नुपर्ने अवस्था आयो । दर्ताको सम्पूर्ण तयारी पूरा हुने क्रममा छ । आजै दर्ता गर्छौँ ।’
नयाँ दलकाे नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्ने तय भएकाे पनि उनले दाबी गरे ।
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्