टि.आर. विश्वकर्माको ३१ औं स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

टि.आर. विश्वकर्माको ३१ औं स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

बुटवल- वरिष्ठ सायित्यकार तथा पत्रकार टि. आर. विश्वकर्माको ३१ औं स्मृति दिवसका अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले स्व. टि.आर. विश्वकर्माले नेपाली पत्रकारिता र साहित्यमा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण र स्मरणीय रहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीको आयोजनामा भएको उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडी, राससका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकारहरु नारायणप्रसाद सापकोटा, दलित आन्दोलनका अभियान्ता ओमप्रकाश रमजानले नेपाली पत्रकारिता र साहित्यमा टि.आर. विश्वकर्माको योगदान महत्वपूर्ण रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस संगठन लुम्बिनी प्रदेशका सह– संयोजक गुनाराम घिमिरे, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, प्रेस संगठन रुपन्देहीका सचिव विष्णु पोखरेल, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य संजय सौगात, दलित आन्दोलनका अभियान्ता जुद्ध विश्वकर्मा, फेडो प्रतिनिधि सावि विकलगायतले दलितहरुमाथिको सामाजिक विभेद अन्त्यका लागि नयाँ प्रकारको आन्दोलन आवश्यक भएको बताए ।

संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, सह–सचिव गोविन्द रसाईलीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश परियारले गरेका थिए ।

 

प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij