कांग्रेसको संस्थापन बाहेकको पक्षले महाधिवेशनमा साझा उमेदवार तय गर्ने

कांग्रेसको संस्थापन बाहेकको पक्षले महाधिवेशनमा साझा उमेदवार तय गर्ने

काठमाडौँ –  नेपाली कांग्रेसको संस्थापन बाहेकको पक्षले महाधिवेशनमा साझा उमेदवार तय गर्ने दाबी गरेको छ । काठमाडौँमा सोमबार बसेको पौडेल पक्षका नेताहरुको बैठकले वडा अधिवेशनअगावै साझा उम्मेदवार तय गर्ने समझदारी गरेको नेताहरूले दाबी गरेका छन् ।

छलफलमा  वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला डा. रामशरण महत, बलबहादुर केसी, अर्जुननरसिंह केसी, सुजाता कोइरालालगायत सहभागी थिए।

आजको बैठकले संस्थापन इतर पक्षबाट साझा उम्मेद्वार तय गर्ने र यसका लागि निरन्तर छलफल गर्ने सहमति भएको नेता बलबहादुर केसीले जानकारी दिए । यो पक्षबाट वरिष्ठ नेता पौडेलसहित नेता सिंह, डा‍. शेखर, डा‍. सशांकले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै यसअघि देउवा पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।

आकांक्षी धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन सकस भएको छ । सभापति देउवाले पनि आगामी महाधिवेशनमा उम्मेदवार बन्ने बताइसकेका छन् ।

कांग्रेसले पाँचौं पटक मिति सार्दै आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्नेगरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने र मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ महाधिवेशन गर्ने बताएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij