काठमाडौं : नेकपा (एमाले) ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ।
माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडाैंमा हुनेछ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ।
१० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि तथा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनयन, केन्द्रीय निकाय तथा विभागलाई पूर्णता दिन र पुनर्गठन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
उनका अनुसार कार्यदलमा इश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।


प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्