बुटवल उवासंघमा महिला उद्यमी तथा व्यूटिपार्लर बस्तुगत समिति गठन

बुटवल उवासंघमा महिला उद्यमी तथा व्यूटिपार्लर बस्तुगत समिति गठन

 

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप दुईवटा बस्तुगत समिति गठन गरिएको छ । संघमा सोमबार बसेको छुट्टाछुट्टै बैठकले ब्यूटिपार्लर र महिला उद्यमी बस्तुगत समिति गठन गरिएको हो ।

व्यूटिपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्यलाई चयन गरिएको छ । समितिको उपसभापतिमा पार्वती बिक, सचिवमा अप्सरा श्रेष्ठ, सहसचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा अम्विका लम्साललाई चयन गरिएको छ । त्यस्तैगरी सदयस्यहरुमा रमा पुन मगर, दुर्गा पाण्डे, केशरी पाण्डे र अमृता राना रहनु भएको छ । त्यस्तै रेनु श्रेष्ठ, शान्ता शर्मा र अनिता केसीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तै महिला उद्यमी बस्तुगत समितिको सभापतिमा सुनिता शर्मा वञ्जाडेलाई चयन गरिएको छ । समितिको उपसभापतिमा श्रीष्टि गुरुङ, सचिवमा सीता ध्वजु, कोषाध्यक्षमा राधिका पोखरेल, सहसचिवमा सैलजा श्रेष्ठ तथा सदस्यहरुमा सोनामी गुरुङ, गोमा पोखरेल श्रेष्ठ, विपना ज्ञवाली, उमा शर्मा, कमला पन्त र कल्पना भण्डारीलाई चयन गरिएको छ । त्यस्तै समितिको सल्लाहकारमा मञ्जु भुसाल, यमुना रिजाल, धनकुमारी खनाल, नमकला वेलवासे, वेगमकुमारी श्रेष्ठ र सञ्जिला कसजुलाई चयन गरिएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाकालदेखि हालसम्म आर्थिक तथा सामाजिक क्षेत्रमा संघले गरेको योगदानको चर्चा गर्दै व्यबसायिक क्षेत्रका समस्याहरु पहिचान बस्तुगत समितिलाई आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या ल्याउन आग्रह गर्दै ती समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत जानकारी गराउनु भयो ।

संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले यस क्षेत्रको सामाजिक तथा व्यबसायिक बिकासमा संघको ठूलो योगदान रहेको चर्चा गर्दै उद्यमशिलता बिकासमा समेत लाग्न बस्तुगत समितिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, व्यूटिपार्लर तथा महिला उद्यमी बस्तुगत समितिकी समन्वय कर्ता तथा कार्यसमिति सदस्य मीना प्रधानले नवगठित बस्तुगत समितिलाई शुभकामना व्यक्त गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij