काठमाडाैँ -मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न आज गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्न लागेको हो ।
सरकार गठनका सन्दर्भमा साेमबार पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर सहमति हुन सकेकाे थिएन । केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । लामाे समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलाेचना हुँदै आइरहेकाे छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्