बुटवल
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकको अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार आज (शुक्रबार) रुपन्देही जिल्लामा वडा अधिवेशन भएको छ । जस अन्तरगत क्षेत्र नं. २ अन्तरगत बुटवल उपमहानगरपालिकाका अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन भएको छ ।
बुटवल वडा नं. १ मा ज्ञानु लिगललाई सभापतिमा चयन गरिएको छ । उक्त वडामा कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यस्तै वडा नं. २ मा कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत चयन गरिएको छ भने वडा सभापतिमा सन्तोष श्रेष्ठ र धना लामाको उम्मेदवारी परेको छ ।
बुटवलको वडा नं. ३ को सभापतिमा रामकृष्ण पछाई र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि सर्वसम्मत बनाउने प्रयास भईरहेको बताईएको छ । त्यस्तै वडा नं. ४ मा अरुणकुमार श्रेष्ठलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि सर्वसम्मत बनाउने प्रयास भईरहेको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नं. ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठ सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यस्तै वडा नं. ६ को सभापतिमा ताराप्रसाद ज्ञवाली र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत बनाउने प्रयास भईरहेको छ ।
त्यस्तै वडा नं. ७ को सभापतिमा दिनानाथ गिरी सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत चयन गरिएको छ । वडा नं. ८ को सभापतिमा यज्ञप्रसाद पंगेनी सहित कार्यसमिति सर्वसम्मत चयन गरिएपनि क्षेत्रीय प्रतिनीधिमा कुरा मिल्न सकेको छैन । वडा नं. ९ मा सर्वसम्मतको प्रयास भईरहेपनि कुरा मिल्न सकेको छैन । वडा नं. १० को सभापतिमा क्याप्टेन कृष्ण थापालाई चयन गरिएको छ । उक्त वडामा पनि कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत चयन गरिएको छ ।
जनसंख्याका हिसावले बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नं. ११ को सभापतिमा जीतबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नं. ११ मा कार्य समिति सहित क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको निवर्तमान सभापति चित्रबहादुर बर्माले बताउनु भयो ।
वडा नं. १२ मा भने सहमति हुन सकेको छैन । यद्यपी सहमतिको प्रयास जारी रहेको गोपाल पाण्डेले बताउनु भयो । वडा नं. १३ मा सर्वसम्मत रुपमा पुनः पुरुषोत्तम बस्याललाई चयन गरिएको छ । वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत चयन गरिएको उहाँले बताउनु भयो । वडा नं. १४ को सभापतिमा नरबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । उक्त वडामा कार्यसमिति सहित क्षेत्रीय प्रतिनीधि समेत सर्वसम्मत रुपमा चयन गरिएको हो ।
वडा नं. १५ मा सहमति हुन सकेको छैन । वडा नं. १६ को सभापतिमा कृष्णप्रसाद पौडेल सहित सबै पदमा निर्बिरोध चयन गरिएको छ । त्यस्तै वडा नं. १७ को सभापतिमा ओमबहादुर घिमिरे सहित कार्यसमिति र क्षेत्रीय प्रतिनीधि सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नं. १८ को सभापतिमा हुमराज ढकाललाई सर्वसम्मत चयन गरिएको छ । उक्त वडामा पनि क्षेत्रीय प्रतिनीधि तथा कार्यसमितिमा सर्वसम्मत चयन गरिएको हो । वडा नं. १९ को सभापतिमा टिकाराम पाण्डेलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यो वडामा पनि क्षेत्रीय प्रतिनीधि तथा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचित सभापति पाण्डेले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्