अर्घाखाँची-अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा-३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो ।
हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्