संसद अधिवेशन बोलाउने सरकारको तयारी

संसद अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं
सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख र सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग शनिबार छुट्टा–छुट्टै भेटवार्ता गरेका हुन् । सभामुख सापकोटासँगको भेटमा प्रधानमन्त्री देउवाले संसद अधिवेशन बोलाउने विषयमा छलफल गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी दिए।

सभामुखसँगको छलफल लगत्तै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए । सभामुखसँगको छलफलपछि गठबन्धनका नेताहरुसँग पनि प्रधानमन्त्री देउवाले संसद अधिवेशनका विषयमा छलफल गर्नु भएको हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य नेताहरु पनि सहभागि थिए।

उपत्यका बाहिर रहेकाले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन्। छलफलमा संसद अधिवेशन बोलाउनेसहित बजेट, अध्यादेश लगायतका विषयमा छलफल भएको खड्काले जानकारी दिए।

मन्त्रीपरिषद् विस्तार ढिलाई हुने कुरा गठबन्धनका नेताहरुले नै बताइसकेकाले यस विषयमा आज छलफल नभएको खड्काको भनाई छ । यसअघि शुक्रबार बेलुका पनि मन्त्रिपरिषद् विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि भदौ २२ गतेसम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ ।

तर, अहिलेसम्म कुन पार्टीले कति मन्त्रालयले लिने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij