कपिलवस्तुको बोडगाउँमा ट्रकले ठक्कर दिँदा एकको ज्यान गयो, दुई घाइते

कपिलवस्तुको बोडगाउँमा ट्रकले ठक्कर दिँदा एकको ज्यान गयो, दुई घाइते

कपिलवस्तु

मंगलबार विहान ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको ग १ त ५६०३ नम्बरको ट्रकले ठक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ बर्षीय सुदिप थारुको ज्यान गएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट सोही स्थानका कमल चौधरी र सुशील चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ ।

उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जानाएको छ । घटनाका विषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij