कञ्चनमा जुवाईले जलाएर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी

कञ्चनमा जुवाईले जलाएर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी

कञ्चन-रुपन्देहीको कञ्चनमा जुवाईले आफ्नी छोरीलाई आगो लगाई जलाएर हत्या गरेको भन्दै मृतक सिता थारुकी बुवा जंग बहादुर थारुले प्रहरी समक्ष जाहेरी दिएका छन। इलाका प्रहरी कार्यलय,सालझण्डीका अनुसार कञ्चन गाउपालिका वडा नं। ५ उत्तर भैसाहीकी २८ बर्षिय सिता थारुको गत भदौ २५ गते राती सुतिरहेको अवस्थामा एक्कासी आगो लागेर सख्त घाइते भएकी उपचारको क्रममा मिसन अस्पताल,पाल्पामा भदौ ३० गते बुधवार मृत्यु भएको थियो ।
मृतक सिता थारुकी बुवा जंग बहादुर थारुले एक्कासी आगो लागी भई जलेको नभई जुवाई रञ्जित थारुले नै जानाजान आगोले जलाएर आफ्नो छोरीलाई हत्या गरेको भनि भदौ ३१ गते इलाका प्रहरी कार्यलय,सालझण्डीमा किटानी जोहरी दिएका हुन।
मृतकका माइती पक्षबाट हत्याको आरोप लगाई जोहेरी दिएपछि हत्या गरिएको हो वा आगोले जलेर मृत्यु भएको हो भन्ने थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपी आवस्यक अनुसन्धान कार्यलाई तिब्रता दिइएको इलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनु भएको छ। श्रीमतीकको हत्याका आरोपित रञ्जित थारुलाई भदौ ३० गते नै प्रहरीको नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij