काठमाडौं – राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज एकै समयमा बस्दैछ । दिउँसो २ बजे दुवै बैठक सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् । बुधबार नै प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको थियो ।
राष्ट्रियसभा बैठकमा भने विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्