विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

काठमाडौँ – बुद्ध एयरको जहाज त्रिभुवन अन्तरराष्टय विमानस्थलमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो । जहाजले विराटनगरमा तीन पटक अवतरणको प्रयास गरेको नागरिक उड्डयन कार्यालय विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, असोज ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij