रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना : २ वर्षिया छोरीको मृत्यु, आमा र चालक घाइते

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना : २ वर्षिया छोरीको मृत्यु, आमा र चालक घाइते

file photo
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमामा मोटरसाइकलको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१२ की २ वर्षीया पृषिका गाहा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा १२ नौ नम्बरमा लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलले पैदलयात्रामा रहेका आमा-छोरीलाई ठक्कर दिएको हाे । बालिकाकी आमा २० वर्षीया संगीता गाहा र मोटरसाइकलका चालक सोही ठाउँकै २५ वर्षीय सुबास काफ्ले घाइते छन् ।
बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकी आमाको पुरानो मेडिकल कलेज भरतपुरमा र मोटरसाइकलका चालक काफ्लेको मणिग्राम स्थित क्रिमसन अस्पताल उपचार जारी छ ।

प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij