बुटवल – रुपन्देहीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । आइतवार राति रुप्नदेही जिल्लाको शुद्धोधन ३, बेतानीमा एक प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको सोही उद्योगमा कार्यरत अर्का भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हन् । हत्या किन गरिएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । उनका अनुसार मापसे सेवन गरेका मजदुरमा विचमा विवाद भएको र त्यसपछि खुकुरी प्रहारको अवस्था सृजना गरेको देखिन्छ । रविले अवदेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहार पछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।उक्त घटनाबारे अवदेशका संगै काम गर्ने साथीले रवि र आफुहरु बेग्लै ठाउंमा सुत्ने गरेको र आइतवार बेलुका भने संगै सुत्ने क्रममा अवदेशले नसुतेर किन हल्ला गरेको भनी प्रश्न गर्दा रविले खुकुरी हानेकाे बताएका छन् ।
प्रकाशित मिति : सोमबार, असोज १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्