काठमाडौँ – प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ । दलहरू मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । भ्याएसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरूको तयारी छ ।
यद्यपि माओवादी केन्द्रबाहेकका दलहरूले मन्त्रीहरूको नाम नै टुङ्ग्याउन सकेका छैनन् । यसकारण पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको छ । यद्यपि अहिलेको बैठकबाट टुङ्ग्याउनेगरी छलफल भइरहेको बताइएको छ ।
बालुवाटारमा प्रधान मन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूबीच छलफल भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्