बुटवल –ऐतिहासिक ,पर्यटकीय, र पुरातात्वीक क्षेत्रको प्रचार प्रसार गर्न सकेमात्र नेपालको पर्यटन व्यवसाय फस्टाउने एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले पर्यटीय गन्तव्यहरुको संरक्षण र प्रचार प्रसारका लागि नीजि क्षेत्रले सरकारलाई दवाव दिनु पर्ने धारणा राखेका छन ।
आन्तरिक पर्यटन नै अहिलेको आर्थिक समृद्धिको पहिलो प्राथमिकता भएकाले यसैलाई सरकारले बढावादिन जरुरी रहेको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले जोड दिन भयो । उहाँले होटल व्यवसायीहरुले गुणस्त्तर र सरसफाईलाई प्राथमिकतामा गम्भिर हुन आह्वान गर्नु भयो । पर्यटन व्यवसायीहरुलाई अहिलेको अवस्थामा नआत्तिन ,धैयता गर्न आग्रह गदै होटल एशोसियसन नेपालका केन्द्रिय सदस्य गोपाल रानाले भैरहवाको अन्तराष्ट्रिय विमानस्थल र बुटवलको सभागृह संचालनमा आएपछि यस क्षेत्रको व्यवसायमा कायापलट हुने दावि गर्नु भयो ।
अहिले व्यवसायीहरुले आर्थिकलाई भन्दा पनि स्वास्थ्यलाई सुरक्षित राख्ने वेला रहेकाले बाच्ने वातावरण बनाउने तर्फ सचेत हुन पनि रानाले आग्रह गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले कोरोनाले गदा धर्म, संस्कृति,र संस्कारहरु समेत नामेट हुने खतरा बढेको तर्फ चिन्ता व्यक्त गर्नु भयो ।
संघका पूर्व अध्यक्ष प्रेम लाल पाण्डेले व्यवसायीक एकतामा जोड दिदै एकता नै व्यवसायको सफलताको कडी भएको बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकार देवि कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष वाबुराम गौतम प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी द्धितीय उपाध्यक्ष रोमाकान्त पाण्डे महासचिव माधव कुमार खनाल लगायतका व्यवसायीहरुले, सरकारले आन्तरिक पर्यटन प्रवद्धन गर्न र पर्यटन व्यवसायको संरक्षणका लागि भन्दै प्रोत्साहन स्वरुप कर्मचारीलाई दिने पर्यटन भत्ता कार्यक्रम व्यवहारमा लागु गर्न माग गरेका छन ।
प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्