एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

बुटवल

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले यही कात्तिक ६ गते हुने वडा अधिवेशनका लागि सबै शाखामा जिम्मेवारी तोकेको छ ।उपमहानगर कमिटीको सोमबार बसेको बैठकले वडा अधिवेशनका लागि उपल्लो तहका नेताहरुलाई अध्यक्ष मण्डल र प्रमुख अतिथीको जिम्मेवारी लिइदिन अनुरोध गर्दै नामावली तय गरेको हो ।जस अन्तर्गत बैठकले बुटवल वडा नम्बर १ मा डा. इश्वर गौतमलाई प्रमुख अतिथीको रुपमा सहभागी हुन आग्रह गर्दै नारायण भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष तोकेको छ । त्यस्तै बुटवल–२ मा एजाज आलमलाई प्रमुख अतिथी र रमेशप्रसाद नेपाललाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन आग्रह गरिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए ।बुटवल वडा नम्बर ३ मा सावित्रा अर्याल र विमलबहादुर शाक्यलाई प्रमुख अतिथी तथा घनश्याम चापागाईंलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–४ मा हरि कार्की, विनोद गौतम वा जगत पोखरेललाई प्रमुख अतिथी र खेमप्रसाद लुईंटेललाई अध्यक्ष मण्डलको अध्यक्ष तोकिएको छ ।

त्यस्तै बुटवल–५ मा रुहुल अमिन वा भुवनेश्वर भण्डारीलाई प्रमुख अतिथी एवं जलिल मियालाई अध्यक्ष मण्डलको अध्यक्ष, ६ मा नेत्र पन्थीलाई प्रमुख अतिथी एवं बाबुराम भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष, ७ मा शिवराज सुवेदी वा कृष्ण पाण्डेलाई प्रमुख अतिथी एवं क्रृषिराम पाण्डेलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन आग्रह गरिएको पन्थीले बताए ।

बुटवल वडा नम्बर ८ मा भोजप्रसाद श्रेष्ठ, सूर्यबहादुर भट्टराई वा युवराज घिमिरेलाई प्रमुख अतिथी एवं ज्ञानप्रसाद अर्याललाई अध्यक्ष मण्डलको अध्यक्ष, ९ मा दधिराम न्यौपाने वा माधव नेपाललाई प्रमुख अतिथी एवं भरतराम भट्टराईलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–१० मा कृष्ण पोखरेल वा माया बराललाई प्रमुख अतिथी एवं माया बराललाई नै अध्यक्ष मण्डलको अध्यक्ष तोकिएको छ ।
त्यस्तै बुटवल–११ मा लिला गिरी, मेघराज न्यौपाने वा मोति पाण्डेलाई प्रमुख अतिथी एवं गोपाल रानालाई अध्यक्ष मण्डलको अध्यक्ष, १२ मा गुरुप्रसाद शर्मा, विमला पन्थी वा यज्ञमूर्ति भण्डारीलाई प्रमुख अतिथी एवं वसन्त ढकाललाई अध्यक्ष मण्डलको अध्यक्ष, १३ मा डिआर घिमिरेलाई प्रमुख अतिथी एवं तेजेन्द्र केसीलाई अध्यक्ष मण्डलको अध्यक्ष, १४ मा कमल गौतमलाई प्रमुख अतिथी एवं दधि न्यौपानेलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिन अनुरोध गरिएको छ ।

त्यस्तै बुटवल–१५ मा बलबहादुर आचार्यलाई प्रमुख अतिथी एवं प्रेमबहादुर गुरुङलाई अध्यक्ष मण्डलको अध्यक्ष, १६ मा पुरन गुरुङलाई प्रमुख अतिथी एवं रामप्रसाद रेग्मीलाई अध्यक्ष मण्डलको अध्यक्ष, बुटवल–१७ मा गुमा आचार्यलाई प्रमुख अतिथी एवं गुरु पंगेनीलाई अध्यक्ष मण्डलको अध्यक्ष, १८ मा तुलसी चौधरी, देवी भण्डारी वा आशिष थारुलाई प्रमुख अतिथी एवं खुमराज ढकाललाई अध्यक्ष मण्डलको अध्यक्ष, १९ मा कुमार थापालाई प्रमुख अतिथी एवं नेत्र कार्कीलाई अध्यक्ष मण्डलको अध्यक्ष तथा हाटबजार क्षेत्रका लागि तुलसी बन्जाडेलाई प्रमुख अतिथी एवं किसन ज्ञवालीलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिइदिन आग्रह गरिएको छ ।वडा अधिवेशनमा वडा कमिटीमा रहेका सबै संगठीत सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि एमाले बुटवल उपमहानगर कमिटीले आग्रह गरेको छ । वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव २ गरी पाँच सदस्यीय पदाधिकारी तथा बढीमा ४१ सदस्यीय कमिटी हुने छ । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले समसामयिक राजनीतिक परिस्थिति र अधिवेशनका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij