बाढी–पहिरोमा ज्यान गुमाएका र घर भत्किएका परिवारलाई राहत दिने सरकारको निर्णय

बाढी–पहिरोमा ज्यान गुमाएका र घर भत्किएका परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोमा एक जना गुमाएका परिवारलाई दुई लाख र एक जनाभन्दा धेरै गुमाउनेलाई प्रति मृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । मृतकको काजकिरियामा समस्या नहोस् र गाँस–बासको जोहो गर्न सहज होस् भनेर राहतको घोषणा गरिएको गृह मन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो ।

यस्तै बाढी, पहिरोमा परि घाइते भएकाहरूको निशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारले बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गर्ने निर्णय गरेको पनि मन्त्री खाणले जानकारी दिनुभयो ।

यसैबीच सरकारले बाढी, पहिरोमा जमिन र घर गुमाएकालाई पनि राहत दिने भएको छ । गृह मन्त्री खाणका अनुसार पहिरोले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिनेछ ।

यस्तै निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख, पहाडमा चार लाख र तराईमा पाँच लाख रुपैयाँ दिने सरकारी मापदण्डअनुसारको रकम दिइनेछ । यस्तै जग्गा खरिद गर्न तीन लाख रुपैयाँ दिने निर्णय भएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij