देशभरको बाढी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

देशभरको बाढी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

काठमाण्डौ ।
गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ ।

प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन्। ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij