बेमौसमी वर्षाले लुम्बिनीमा साढे ४ अर्बको धानबाली नष्ट

बेमौसमी वर्षाले लुम्बिनीमा साढे ४ अर्बको धानबाली नष्ट

बुटवल ।
बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको धान लगायतका बालीनाली नोक्सान भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण प्रदेशमा धान लगायत अन्य खाद्यान्न बालीमा साढे ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।

असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको भारी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशमा ३६ हजार ४ सय ८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरको नकाटेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुँदा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको मुख्यमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

धान लगायत बालीमा क्षति भएका परिवारलाई संघीय र स्थानीय सरकारको समन्वयमा राहत प्रदान गर्ने मुख्यमन्त्रीले केसीले घोषणा गरेका छन् । प्राकृतिक विपत्तिले बढी प्रभावित बर्दिया र बाँकेमा राहत र उद्धार सामग्रीसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई पठाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

खेतमा रहेको किसानहरुको धानबाली उठाउन सहयोग गर्न मुख्यमन्त्री केसीले जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ संगठन र सामाजिक संघसंस्थालाई अपील समेत गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij