काठमाडौं – कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरुले आज पनि प्रदर्शन गरेका हुन् ।
उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्