बुटवल । अभिनेत्री बेनिशा हमाल नेपाली चलचित्र क्षेत्रमा त्यति जम्न सकेकी छैनन् ।
उनले निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । त्यसपश्चात उनले नेपाली चलचित्र ‘मोक्ष’, ‘ज्यान हाजिर छ’, ‘म अनि तिमी’, ‘ब्लाइन्ड रक्स’ लगायतका चलचित्रहरुमा काम गरेकी थिइन् ।
तर उनी अभिनित चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत रुचाउन सकेका छैनन् । उनले विभिन्न म्युजिक भिडियोहरुमा समेत काम गरिसकेकी छिन् ।
उनी पुनः एक पटक नयाँ चलचित्रमा काम गर्न लागेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘टुल्की’राखिएको छ । लक्ष्मण सुनारले निर्देशन गर्न लागेको चलचित्र ‘टुल्की’ नारीप्रधान चलचित्र हो ।
चलचित्रका लागि बेनिशा हमाल फाइनल भइसके पनि अन्य कलाकारहरुको भने टुंगो लाग्न बाँकी छ । अन्य कलाकारको खोजी भइरहेको बताइएको छ । बेनिशा हमालले यो चलचित्रका लागि वर्कआउट पनि सुरु गरिसकेको बताइएको छ ।
चलचित्र ‘टुल्की’ मा बहुपति प्रथाको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रको कथामा ‘टुल्की’का ५ वटा श्रीमान हुनेछन् । चलचित्रको कथा बेनिशाकै वरिपरि घुम्ने छ । चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु गर्ने निर्देशक सुनारले बताए ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्