बुटवल
लुम्बिनी प्रदेश सरकारले बाल विबाह अन्त्यका लागि निर्माण गरेको दशवर्षे रणनिति योजना २०७८ एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेश कानून,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा शुक्रबार बुटवलमा भएको बालविबाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति २०७८,प्रदेश सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा सार्बजनिक गरिएको हो । यसै रणनीतिको आधारमा कार्ययोजना तयार गरि सरोकारवाला सबैको सहकार्यमा अवको १० वर्षमा लुम्बिनी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाई दिगो विकासको लक्ष लाई सार्थक बनाउने आयोजकले बताएको छ ।
लैंगिक विभेद र हानिकारक परम्पराकारुपमा रहेको बालविबाह अन्त्यका लागि लैंगिकता,जातियता,सामाजिक–आर्थिक दूरवस्था र उत्पत्तिका आधारमा हुने भेदभावलाई अन्त्य गर्न जरुरी रहेकोले नकारात्मक सामाजिक मुल्य मान्यता ,सोच र व्यवहारमा परिवर्तन आवश्यक छ भन्नेमा जोड दिएकाले यो रणनीति परिवर्तनको सिद्धान्तमा आधारित रहेको बताउदै कार्यमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कानून,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तिले रणनीति कार्यान्वयनका लागि सरोकारवाला सबैलाईलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले सामाजिक चेतनाको स्तर बृद्ध भएमात्र बालविबाह देखि सबै प्रकारका कूरीति र विभेदको अन्त्य गर्न सकिने हुदा तिनै तहकाका सरकार,सरकारी तथा गैर रसकारी संघसंस्था,आम नागरिक र संचार माध्यमको सहकार्य समन्य तथा प्रतिबद्धता हुन जरुरी रहकोले सबैसंग हातेमालो गर्दै यो रणनीति कार्यान्वयनका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरी, मुख्य मन्त्री कार्यलयका सचिव डाक्टर खगेन्द्र प्रसाद सुवेदी,गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमीत्रा शर्मा,लुम्बिनी प्रदेश बाल अधिकार समन्वय समितिका सदस्य ज्ञानु पौडेल,पत्रकार अमृता अनमोल लगायतले बोल्दै बालविबाह अन्त्यका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले अभियानका कार्य गर्न यो प्रदेश सरकारले निर्माण गरेको रणनीतिले आधार र कार्यदिशा दिने भएकाले पनि यो अभियानमा आ–आफ्नो तर्फबाट सक्रियरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कानून,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाको अध्यक्षता,यूएनएफपिएका प्रदेश प्रमुख राम थापाको स्वागत तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका प्रमुख पोम प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बालविबाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीतिको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्नुृ भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्