बुटवल –बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा यहि मंसिरको २० गते हुने भएको छ । संघको बिहिबार बसेको कार्यसमिति बैठकले ६८ औं वार्षिक साधारण सभा यहि मंसिरको २० गते सोमबारको दिन गर्ने निर्णय गरेको हो । यस अगाडि मंसिर ६ गते गर्ने निर्णय भएकोमा तयारी लगायतका कारण साधारण सभा सार्ने निर्णय गरिएको संघका सचिव मुक्ति अधिकारीले बताउनु भयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभामा महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन समेत पास गरेको छ । बैठकमा साधारण सभा तयारी समितिका संयोजकहरुले तयारीमा भएका प्रगतिहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझाले सुझाव सहित भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्